All for Joomla All for Webmasters
Home / Nepali News / एउटा साहसी अल्लारेको अन्त्यले सबैलाई बनायो स्तब्ध-NEWS 24
1497983010_hqdefault.jpg

एउटा साहसी अल्लारेको अन्त्यले सबैलाई बनायो स्तब्ध-NEWS 24



हिउँसंग खेल्न रमाउने उनी हिउँमै विलिन भए । साहसको एउटा ज्वलन्त नमुना थिए उनी , साहसिलो यात्रामा नै आफ्नो पाइला सधैका लागि रोके । युवा तथा अल्लारे उमेरमा नै असम्भव लाग्ने धेरै कार्यहरुलाई सम्भव बनाएका उनी अन्ततः नफर्कने गरि विदा भएका छन् । एउटा साहसको अन्त्य भएको छ , एउटा हिम्मत सधैका लागि हिमालसंगै हारेको छ , हार्न नमान्ने र नथाक्ने एउटा पात्र सधैका लागि थाकेको छ । उनी अर्थात सञ्जय पण्डित । एक रिपोर्ट
एघारवटा भन्दा बढी हिमाल चढे उनले । जस्मा विश्वको छानो सगरमाथादेखि लिएर अफ्रिका , अष्ट्रेलिया ,अमेरिका र जापानका शिखरहरु चढ्न भ्याए । कतै अर्धनग्न भएर चढे , कतै भादगाउँले टोपी लगाएर उक्ले । कुनै शिखरहरु दौडेरै चढे । उल्टो हिडेर कीर्तिमान बनाए । जहाँ चढे दोरा सुरुवाल विर्सेनन , जहाँ पुगे चन्द्र सूर्य अंकित झण्डा भुलेनन । प्यूठानका यी पुत्र चुनौती र जोखिमसंग खेल्न बढी रुचाउथे । असम्भव उनको शब्दकोषबाट टाढा बन्दै थियो । आफ्नो सुर नछाड्ने सञ्जयको हार उत्तर अमेरिकाको डेनाली शिखर रहेछ । अन्ततः डेनालीले उनलाई त्यहाबाट अघि बढ्न दिएन । कहिल्यै हार्न नमानेका सञ्जयको सास डेनालीले खोसेरै छोड्यो । न्यूज २४ संगको कुराकानीमा पनि उनले भनेका थिए – हरेक शिखर आरोहण गर्न जान अघि अन्तिम विदाईका लागि हात उठाउने गर्छु । हो पनि रहेछ , डेनालीको आरोहण उनको जीवनको नै अन्तिम आरोहण बन्यो ।

Check Also

1497960957_hqdefault.jpg

उम्मेद्वारको मनोनयन दर्ताका लागि झापा सम्पूर्ण तयारी पूरा – NEWS24 TV

000Share Videos दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी आइतबार हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी झापामा …

1497957299_hqdefault.jpg

खेलकुद अस्पताल बन्दै-SPORTS LINK

000Share Videos खेलकुद अस्पताल बन्दै-SPORTS LINK

1497953623_hqdefault.jpg

भूकम्पले क्षति पु¥याएका धरोहरको पुनर्निर्माण कार्य धमाधम – NEWS24 TV

000Share Videos महाविनाशकारी भूकम्प गएको दुई बर्ष वितिसक्दा पनि भूकम्पले क्षति पु¥याएको सम्पदाहरुको पुनर्निर्माण भने …

4 comments

  1. हार्दिक श्रद्धाञ्जली

Leave a Reply

Your email address will not be published. Required fields are marked *