All for Joomla All for Webmasters
Home / Nepali News / उम्मेद्वारी दर्ता गर्न गएका व्यक्तिले आफ्नो नाम मृतकको सूचीमा पाए -NEWS 24
1497990327_hqdefault.jpg

उम्मेद्वारी दर्ता गर्न गएका व्यक्तिले आफ्नो नाम मृतकको सूचीमा पाए -NEWS 24



निर्वाचनमा उम्मेद्वार बन्न पुगेका व्यक्ति आफैले आफैलाई मृतकको सूचीमा पाउँदा उनको के हालत भयो होला ? त्यसमाथि सबै तिर चिनिएका र २०५४ सालको विर्नाचनमा वडा अध्यक्षमा निर्वाचित पनि भइसकेका व्यक्तिलाई मृतकको सूचीमा राखेर मतदाता नामावलीबाट नाम समेत हटाएपछि गुल्मीको रेसुङ्गा नगरपालिकामा अहिले सनसनी फैलिएको छ । हेलचेक्रयाईको यो पराकाष्टाले मुलुकको स्थानीय तह निर्वाचित पदाधिकारीको अभावमा कसरी चलिरहेको रहेछ भन्ने पनि पुष्टि भएको छ । गुल्मी रेसुङ्गा नगरपालिकाका चन्द्रकान्त भण्डारीलाई रेसुङ्गा नगरपालिकामा मृत्यु भएको भन्दै मृत्यु दर्ता स्थानीयले गरेको पाइएको छ । रेसुगां नगरपालिका ४ का वडा सचिव शेषनारायण खनालको संयोजकत्वमा गठित मतदाता अनुगमन तथा अध्ययावधिक समन्वय समितिको २०७३ साल माघ ५ गतेको लिखित निर्णयले मृतक घोषणा गरी मतदाताबाट नाम हटाउने सिफारिस जिल्ला निर्वाचन कार्यालयलाई दिएपछि उनलाई मतदाता नामावलीमा नाम समेत हटाउने निर्णयपछि उनलाई मृतकको सुचीमा राखिएको हो । २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा विजयी भएका निर्वतमान वडा अध्यक्ष समेत रहेको भण्डारीलाई नचिन्ने कोही छैनन् । गजवको कुरा त के छ भने त्यस वडाका वडा सचिव शेषनारायण खनालको संयोजकत्वमा गठित समितिले साविकको वडा नम्वर ७ हालको रेसुगां नगरपालिका४ मा आज भन्दा ४ वर्ष अघि मृत्यु भएकी कृष्ण कुमारी भण्डारीलाई हाल सम्म मतदाता
नामावलीमा जीवित राखेको छ । तर जीवित व्यक्ति चन्द्रकान्त भण्डारीलाई भने मृतकको सूचीमा राखेर मतदाता नामावलीबाट पनि नाम हटाइएको छ ।

Check Also

1497960957_hqdefault.jpg

उम्मेद्वारको मनोनयन दर्ताका लागि झापा सम्पूर्ण तयारी पूरा – NEWS24 TV

000Share Videos दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागी आइतबार हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी झापामा …

1497957299_hqdefault.jpg

खेलकुद अस्पताल बन्दै-SPORTS LINK

000Share Videos खेलकुद अस्पताल बन्दै-SPORTS LINK

1497953623_hqdefault.jpg

भूकम्पले क्षति पु¥याएका धरोहरको पुनर्निर्माण कार्य धमाधम – NEWS24 TV

000Share Videos महाविनाशकारी भूकम्प गएको दुई बर्ष वितिसक्दा पनि भूकम्पले क्षति पु¥याएको सम्पदाहरुको पुनर्निर्माण भने …

Leave a Reply

Your email address will not be published. Required fields are marked *